

श्रवणकुमार ढुङ्गाना
बुझेँ महाराज हजुरलाई संस्कारले नलजाउनू भनेको छ।
मलाई त लाज नभएकासँग वहस नचलाउनू भनेको छ।
हजुरको चटक, हजुरको नाटक, हजुर आफैँ मुग्ध कति!
आभास मिल्छ अति कुम्ल्याउनू बरु गन्हाउनू भनेको छ।
कार्यालय-वेश्यालयको भेद नबुझ्ने हजुर हाकिम बनेपछि,
उर्दीमा त सधैं मेरो भजन गर्नू र मुजरा गाउनू भनेको छ!
सडकमा कवि, कागजमा कविता, शिष्ट इसारा कति कति?
तर हजुरको नाङ्गो आभाले `कवि तैँ लजाउनू´ भनेको छ।
महाराज सोच, वाई शैली यो संसारै दास लाग्ला हजुरलाई
हेर्नुस् इतिहास सुधाहरूको बरु सहिद जन्माउनू भनेको छ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

तुरुन्त Scan गर्नुहोला
