प्रवासी सुमन

मान्छेहरुूके सिक्दै छन् घरमा कुकुर राखेर
पशुलाई नजिक तर मान्छेलाई नै दूर राखेर

खोज्दै छ दुनियाँ पहिरनमा सभ्यताको अनुहार
मनमा चाहिँ दूषित  विचारहरूको  डङ्गुर राखेर

कानका सुनजस्तै कहाँ उजेलिन सकिन् र आमा
बैँसमा खसम बुढेसकालमा छोरा लाहुर राखेर

जसले हिजो चोरेथ्यो यही मन्दिरबाट महङ्गो मूर्ति
उही कहलिन्छ दाता मन्दिरमा सुनको गजुर राखेर

कैलेसम्म गरिरहलान् समाजसेवा यी मालिकहरू?
महिनौँदेखि कारखानामा भोक भोकै मजदुर राखेर

चम्किँदैमा पहेँलो धातु कहाँ सुन नै हुन्छ भन्ने छ र
हेर्नैपर्छ घोटी एकपटक कसीमा जरुर राखेर।

 

घोराही, दाङ
हाल: टेक्सस्, अमेरिका