
गोपाल खनाल
खै यो
सम्बन्ध भन्ने कुरा पनि
बडो अनौठो छ
कतिपय सम्बन्धमा
सब बन्ध देख्छु ।
न जोडिन सकेको
न तोडिन सकेको
सम्बन्ध
पनि त छन् अनेकन्
तिमी कसारको कडापनसँग
सम्बन्धको मजबुती कसरी
आँकलन गर्न सक्छौ ??
गन्तव्य
शववाहनलाई
उछिन्दै हुँइकिएको
युवकलाई
लासले
प्रश्न गरिरहेछ
किन हतारिन्छौ ?
मृत्युभन्दा टाढा
अरु कुनै गन्तव्य छ र??
उपहार
भो
यो समय
मसँग
तिमी कस्तो उपहारको
अपेक्षा राख्छौ
मैले त
हातमा घडी समेत
उपहारको बाँधेको छु ।
दाङसिङ, नुवाकोट



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
