धरतीको उज्यालोमा पाइला टेक्दै गर्दा
आउँदै जान्छन् धेरै खुट्किला
ताते ताते गर्दै खुट्किला चढ्नुछ ।
आउँछन चढ्न नसक्ने पहराहरू
छिचोल्नु पर्छ डोरीमा झुण्डिएर पनि
अनेकौं सङ्घर्ष का बाबजुद पार गर्नुछ
कहिले खहरेको गड्गडाउँदो भेलसँग
कहिले शीतल समुद्रसँग
यात्रा गर्नु नै छ ।
कहिले अत्यास लाग्ने पहाड त
कहिले रमणीय सुन्दर प्रकृति
जे जस्तो आए पनि
आँधी र हुरीझैं अघि बढ्नु छ ।
जिन्दगीका अनेकौं पर्यायहरू
सङ्घर्ष, आनन्द, युद्ध, पीडा
छिचोल्दै छिचोल्दै आफ्नो रथ हाँक्नु छ
आफ्ना बचेराहरूको प्राण रक्षा गर्दै
हिँडाउनु छ प्रगतिपथमा
बनाउनुछ राष्ट्रका पहरेदार
सङ्घर्षशील बनेर
आफ्नो कर्तव्य निभाउनु छ
हार नखाइकन लक्ष्यमा पुग्नु छ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला