डोर्याएर लैजाऊ मलाई त्यहाँ
जहाँं घामका किरणहरू निर्लज्ज बनी
पर्नेछन तिम्रा कलेटी परेका ओठहरूमा र
प्रष्ट देखिनेछन तिम्रा ति
कालजयी दुई खोबिल्डे गालाहरू
डोर्यायी लग त्यस निर्जन जंगलभित्र
जहाँ एकतमासले हामीलाई गिज्याउन्
मृत्युका आकार र प्रकारले
एकै बिनोद रागमा अलप हुन् तिम्रो र मेरो
मृत्यु घडीको टिक टिक
लैजाऊ हजार बर्ष पूराना खोपडीहरूको पहाडमा
जसको टाकुरामा तिम्रो र मेरो
सामिप्यताको गोलाई मेघरूपी बादल बनी
सिञ्चित गर्नेछ, क्षितिज पारीको त्यो समयलाई
जसलाई युगौं देखी चियाउँदै छौं,म अनी तिमी
लैजाऊ त्यहाँ जहाँ बत्तिस मुजाले कुरुप
तिम्रो र मेरो मुखाक्रिती बेफिक्री सल्बलाइरहून

पट्पट् फुटेका यी हत्केला र हिलोको गन्धमाझ
जहाँं फुल्दा हुन् सयपत्री, कमल
झुल्दा हुन् केही जोर धानबाला