दिलिप अधिकारी

म बुझ्दिनँ यो गठबन्धन
विकास उन्मुख हैन कुर्सी उन्मुखको बन्धन
अहँ, म बुझ्दिनँ यो गठबन्धन

मूर्ख नेपाली हिँडेका छन् सडकमा लगाएर चन्दन
अहँ, म बुझ्दिनँ यो बन्धन
‘मलाई यो कुर्सी दे, तँलाई त्यो दिन्छु’ को गठबन्धन

राजनीति नेता बन्न गरिने कर्म हो
नेता नोकर र कुर्सी प्रतिबिम्ब हो
शक्ति प्रदर्शन गर्ने भए सीमा मिच्नेसँग भिड्ने हो

राजनीति लोकसेवाको सिन्दूर हो
जनताको स्वास्नी, घर चलाउने देवी एक नेतृ
राजनेता-राजनीतिको बन्धन लगाउने कहिले हो विकासको चन्दन ?

म बुझ्दिनँ यो बन्धन, भ्रष्ट गठबन्धन ।