एक पवित्र शब्द हो नारी
जननी पुज्य मूर्ति हो नारी
ग्रह अस्तित्व, जीवित प्राणीहरू को
स्नायु प्रणाली हो नारी
पुज्य ती मूर्ति सास फेर्दै हिँडडुल
वायु, जल, पृथ्वी नै समावेश
ज्ञानका आँचल प्रेमको घर
जननी युग पालक आमा हो नारी
आयु होला अनेकौँ, शिशु्देखि वृद्ध
बीचमा होलान् जवान अप्सरा कि अनन्यरूप
जन्म दिने सामर्थ्य हुन्न कोहीमा बाहेक नारी
पुज्य देवी जननीको प्रतिलिपि हो नारी
निर्मला पनि देवी स्वरूप जननी कि रुप
न्यायका लागि तड्पिएको आत्मा चित्कार त्यो सुन
बहिरो न्यायालयका ठेकेदारलाई यो कुरा सोध
जननी बिक्दैनन् न तिनको प्रकरणमा, निर्वल हुन्न नारीजस्तो तिम्रो सोच ।
न्याय शत प्रतिशत कार्यान्वयन हो अमृत
गलत न्याय बलात्कृत नारीविरुद्ध २/४ लाख मा बिक्यो अस्तित्व !
भो अब त बन्द गर भ्रष्टाचारको दोकान
कैले होला मेरो देश मा न्यायको निष्पक्ष कर्मसाधन ?
बालिकादेखि वृद्ध सुरक्षित रहन मुस्किल
बिना भाडा आजीवन वृक्षरोपण भो डर
कम्जोर न्याय, शिक्षा, घटिया सोच भो कारण
शब्दकोशबाट निस्क्रिय गर बलात्कार शब्द न्यायालय ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।