श्रद्धा आचार्य

श्रद्धा आचार्य

निरङ्कुश रुसको
निमेषमै
छातीमा गोली थाप्न
तम्तयार छ युक्रेन
तर
ऊ मरे पनि
कदापि हार्ने छैन

सगरमाथाझैँ
उभिएको
उसको आत्मसम्मान
कहिल्यै झुक्ने छैन !!

 

पोखरा १६, कुरेचौर