हिजोको खोजीमा आज
किन दिनहरू जलाइरहन्छौ ?
हिजो थिए त केही गल्तीहरू
तिनैको पश्चातापमा
भावहरू किन डुबाउँछौ ?
हिजोको दिन कालो थियो
हुन सक्छ !
आज उज्यालो आएको छ
किन ? उज्यालोको पछि नलागी
पुनः अँध्यारोमा हराउँछौ
हुँदैन यहाँ कोही जन्मदै मित्र
हुँदैन यहाँ दुस्मन पनि
यी सबै त हुन् आफैँ सृजित
आफ्नै कर्मका विकृति
कि राम्रो रोज कि नराम्रो
आफ्नै हो तिम्रो मनको प्रवृत्ति
दोषका थुप्रो आफैँ चल्दैन कहीँ
आफ्नै मस्तिष्कको तरङ्ग हो
न त आफैँमा सक्षम हो
यो त तिमी आफैँ कल्पित
अरूको लागि बनेको
दोष र दुश्मन देख्ने
मनको दोषी चश्मा मात्र हो ।
तानसेन, पाल्पा
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला