
नारायणा कोइराला
संघर्षले थाकेका ती पाइलाहरू
सभा र भाषणमा हल्लाउँदा
थाकेका ती हातहरू
खाई नखाई लडदै हिँड्दा
थाकेका ती शरीरका अङ्गहरू
कति ठाउँ त भाँचिएर
जोडिएका ती असस्थिपञ्जरहरू
आफैँ हिड्न नसकेर अरूको
साहारा चाहिने अगहरू
कति त अरूका अग सहित
जोडिएर धानिएका अवशेषहरू
नसाहरू खुम्चिएर छाला चाउरिएकाहरू
फेरिपनि देखावटी शाहस र बलमा
आफैँलाई बलवान् सम्झी
के को लागि हो यो सङ्घर्ष
नसम्झी
आफ्नै उत्तराधिकारीसँग लड्दै
न कुनै अर्थ न कुनै महत्त्व
के हो यस्तो मरिहत्यो
पाउँनुपर्ने सबथोक
पाएर सम्पन्न हुँदापनि
के चाहिएको हो
अझै बुझ्न नसकिने कहिल्यै पनि
ए बाहरू!
अबत अभिभावक
बने पनि के हुन्छ र?
जिउँदै छदा अलिकति
जयजयकार बटुल्दा के फरक पर्छ र?
जोडिएका पार्टपुर्जा लिएर
केही समय आराम गर्दा नी हुन्न र?
पक्कैपनि अजम्बरी बुटी
घाँटीमा झुन्डिएको त छैन होला।
जन्मपछि मृत्यु त पक्कै होला
आखिर कात्रोसँग बेरिएर
मसानघाट त जाने नै होला
मसानघाटले बचाऊ त
तपाईँहरूलाई गर्दैन होला
आगो लागेपछि धुवाँमा उड्ने होला
एक बिटो दाउरामा
त्यो शरीर जल्ने होला
दाउरालाई पनि कस्तोलाई
जलाउँदै छु भन्ने अवस्था
नबनाउने हो कि?
अस्तु नदीले बगाएर लाने होला
त्यो कुर्ची अनी वरिपरिका सारथि
पनि छोडेर जानुपर्ने होला
जति लावालस्कर गरे पनि
मरिसकेपछि कतै
मूर्ति बन्यो भने यो कलक भनी
कसैले ढुङ्गा हान्ने पो हो कि?
मूर्तिमा चराले बिस्ट्यायो भने
सफा नगरेर हेर्दै हाँस्ने हुन् कि?
पापी हो भनेर बटुवाहरू
त्यो मूर्ति वरिपरि नबस्ने हुन् कि?
त्यसैले
ए बाहरू! ए बाहरू!!
अब त सन्यास लिएर केही अर्थ
सङ्घर्षमय जीवनको बाँकी
राख्ने बेला आयो कि ?
तानसेन पाल्पा
हाल ,यूएई।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२८ जेष्ठ २०८३, बिहीबार 








