
शेखर आचार्य
अन्ततः कसैले पढ्ने छैनन्
तिम्रा लघुकथाहरू,
अस्तित्वमा धेरै लामा कथाहरू छन् ।
बाँकी कथा,
धर्तीको पनि हुने नै छ,
कथा आकाशको पनि हुने नै छ,
समयको अवशेषमा समेत
मान्छेका कुनै कथा नरहे पनि ।तिमी कस्तो बस्तीको कथा लेख्न बसेका हौ ?
जुन कथाको पात्र तिमी आफैँ छौ ।
किन अणु बमले बस्ती उजाडेर
अन्त्य गर्न लालायित छौ आफ्नो लघुकथा ?
तिम्रा लघुकथाहरू,
अस्तित्वमा धेरै लामा कथाहरू छन् ।
बाँकी कथा,
धर्तीको पनि हुने नै छ,
कथा आकाशको पनि हुने नै छ,
समयको अवशेषमा समेत
मान्छेका कुनै कथा नरहे पनि ।तिमी कस्तो बस्तीको कथा लेख्न बसेका हौ ?
जुन कथाको पात्र तिमी आफैँ छौ ।
किन अणु बमले बस्ती उजाडेर
अन्त्य गर्न लालायित छौ आफ्नो लघुकथा ?
तिम्रो बस्तीमा
काउली फक्रेझैँ
अणुबम नै पड्केपछि पनि,
आकाशमा टाँसिएकै हुन्छ सूर्य ।
युद्धपछि युद्धहरूले
तिम्रा बस्तीमा लाशहरू छरिए पनि,
रात गगनमा छरिन आउँछन् नै ताराहरू ।
न जुन मुस्काउन छोड्छ
तिमी, तिम्रो बस्तीको अन्तिम मान्छे नै भए पनि ।
मेरो त चाहना छ
तिम्रो लघुकथा अलि लामो होस्
दीर्घ मुस्कानको कथ्यसहित ।।
शङ्खादेवी



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२८ जेष्ठ २०८३, बिहीबार 









