१. निद्रा
विचारको सतहमा
स्वतन्त्र उडिरहेको
सपनाको एउटा प्वाँख
चुट्यो अचानक !
उम्लनु भनेको पोखिनु मात्र रहेन …….
रापको ओछ्यानमा सुतेर
शान्तिको कामना गर्नु निद्रा नै हो सायद ।
२. मनकान्छे
पिञ्जडामा निर्भीकतापूर्वक
बाँचिरहेको चरोको मनमा
उम्रिरहेको आशाको टुसा
कहिले फुल्ने हो ?
काठको हो या चाँदीको
कुनै पनि पिञ्जडा
चरोलाई रातै हुन्छ दिउँसो पनि ।
३. सम्बोधन
एउटा सिङ्गो जीवनको
लगानीबाट
सन्तानको ओठमा
फुल्छ एउटा शब्द ।
र त्यसैलाई प्रेरणा सम्झेर
लगानीमा साधनरत् हुन्छन् ……
ऋतुको काँचुली फेर्ने कला
त्यो शिशुको ओठमा ….
उमेरको बतासले उडाउने पो हो कि ?
सम्बोधन त प्रकृति हो
प्रतिनिधि त हैन नि !
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला