सुरेन्द्र गौतम

त्यो सूर्यको ताप हेर त कान्छा,
धर्ति संङ्गै मन पनि चिरा चिरा पारि दियो ।
मेरा सपनाका विस्कुनहरु
अररो पारेर सुकाईदियो ।
बर्खा मास थियो, दुःख रोप्नु त हुन्थ्यो,
मेरा नियतिका बिरुवाहरु पनि मुर्झाई दियो ।
ब्रह्माण्ड र प्रकृतिसंग त विज्ञान पनि नटिक्ने रैछबाबै,
जिवन धान्न नै प्रलय बनाई दियो ।