
म कमाउँछु म रमाउँछु तिमी चुप लाग्देऊ
सहन नसेके झोलीतुम्ब बोकेर भाग्देऊ
म चलाउँछु देश मेरा सन्तान विदेश जान्देऊ
अझै पनि मलाई तिमीले देशभक्त मान्देऊ
स्कुल कलेज हस्पिटल मेरै नाममा गर्देऊ
मेरो सत्ता टिकाउन तिमी गोली खाई मर्देऊ
तिमी भोकै बस तर मलाई पेट भर खानदेऊ
अझै पनि मलाई तिमीले देशभक्त मान्देऊ
कानून बनाउँछु म तिमीले मात्र मानदेऊ
हरेक पटक चुनावमा मलाई मात्र छानदेऊ
म अकुत कमाउँछु सबै विदेश लान देऊ
अझै पनि मलाई तिमीले देशभक्त मान्देऊ
हरेक समस्या र विपत्तिमा एक्लै रोएर बस
बिर्सेर आफूलाई सधैँ मेरै पाउ छोएर बस
दासी बन तिमी मलाई मालिकको थान देऊ
अझै पनि मलाई तिमीले देशभक्त मान्देऊ



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
