मकैबारीमा
चराहरू तर्साउन
बेला-बेलामा
फेरिरहनुपर्ने ‘मान्छे जस्तै बुख्याँचा’
र,
सिंहदरवारको कुर्सीमा
छिन-छिनमा बदलिरहने
‘बुख्याँचाजस्तै ‘मान्छे’ देखेर
आजित आमाले सोध्नुभो बाबु …!
मान्छेहरू बुख्याँचाजस्ता हुन् कि ?
बुख्याँचाहरू मान्छेजस्ता हुन् …?
‘उस्तै…उस्तै हुन् आमा…’ मैले भने ।
…………………………
आमा मुसुक्क हाँस्नुभो
मेरो दृष्टिभ्रम वा अल्पज्ञान देखेर
अनि भन्नुभयो
‘..अलिकति फरक पनि छ है बाबु ..’
के फरक छ आमा !
मैले आश्चर्य भावमा सोधेँ
आमाले सरल भावमा जवाफ दिनुभो
मकैबारीका ‘मान्छे’ जस्ता ‘बुख्याँचाहरू’ हामी आफैँ बनाउँछौ
तर सिहँदरबारका ‘बुख्याँचा’ जस्ता ‘मान्छेहरू’ छिमेकीले बनाउँछ’
कीर्तिपुर काठमाडौँ
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला