तिमीलाई थाहा छ ?
तिमीलाई सम्झेर मात्र पनि
पुरूषत्वको हुरी
मनमा उठेर आउँछ
तिम्रो फोटो हेर्नु मात्रै पर्छ
म म हुनुको आभाष हुन्छ
कामदेवले स्थान ओगट्न खोज्छ
ओठ रसाउँछन्
गला सुक्छ
थुक निलिरहँदा पनि
तिम्रो प्यास बग्न सक्दैन
यो ओठले खोजेको
त्यो तिम्रो निसुन्दर ओठमा
के को लालच जागेको हो
मलाई प्रश्न चिह्न उठ्छ
बोसोले राज गरेको तिम्रो कम्मरमा
यी हात किन लम्किन्छन्
रसहीनको तिम्रो आँखामा
यी आँखा अल्झिन्छ
नरमको गन्धै नभएको तिम्रो हात
किन समाइरहुँ लाग्छ
आकार बिग्रेको फर्सी जस्तो
तिम्रो नितम्बमा
यो मन किन लोभिरहन्छ
निराकार भए पनि
आकर्षित हराएको
तिम्रो छातीमा
मेरो दृष्टि किन पुगिरहन्छ
मलाई थाहा छैन
म नै कमजोर भएको हुँ कि
मेरो मन नै
म अनभिज्ञ छु
म नै दुर्बल छु या
मेरो पुरूषत्व नै बलियो
तिमीलाई आँखामा
केहीबेर कैद मात्र गर्नु पर्छ
मेरो पुरूषत्वभित्र
सङ्लो छहरा बगेर आउँछ
तिमीसँग भित्री मनले
याद मात्र गर्नुपर्छ
मेरो अहमताको बादल
झुम्मिएर आउँछ र
विराट झरीको रूपमा
वर्षिन खोज्छ
म यसलाई के भनुँ
अश्लीलताको चरम सीमा या
पुरूषत्वको प्राकृतिक धर्म
प्रिय
मेरो यादले
तिमीलाई बाडुल्की लाग्यो भने
यो सम्झनु तिम्रो नारीत्व
निद्राबाट जागेको छ र
म जस्तै यौवनको मन्दिरमा
उत्तेजनाको बली
अर्पण गर्न दर्शाइरहेको छ
भेटौँला हामी
यो त्यो मन्दिरभित्र र
बलि चढाएर
अश्लीलताको चरमसीमा
नाघेर बाँचौँला
हाँसौँला
रमाउँला र मनुष्य हुनुको रस
आनन्दले पान गरौँला
पर्खौँ एकदिन आउने छ ।
म्यान्मा



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 










