कहिलेकाहीँ
लाग्छ
आकाशको सुदूर कुनै कुनामा
पुगेर
मुर्छा पर्ने गरी रोऊँ
नथाकिन्जेल

मलाई थाहा छ
फकाउन
कोही आउने छैन
आमा हुनुहुन्थ्यो
बा थिए
तर दुवै जना
यो भौतिक अस्तित्वभन्दा
धेरै टाढा
कुनै सुदूर स्थानमा
हुनु होला

अनि
कुनै बेला
आफ्नो हालतमा
आफैँलाई हेर्दै
बेस्कन हाँस्न मन लाग्छ
म हाँसेको देखेर
संसार छक्क पर्ला कि ?
कि डाहाले दाह्रा किट्ला ?
किनकि
अहिले दिल खोलेर
कोही हाँसेको देख्नु भएको छ ?


इलाम, हालः विराटनगर