अख्यात लेखकले अख्रक्क अनुहार पारी अकुशल सीपबाट
अंशियार नलाग्ने अंशाक्षरी रचना गर्दा,
अकार्यको फल मान्ने अज्ञानीहरुको मनमा अग्निशिखा नजलोस् ।

अँजुलीमा नअट्ने अनि अँगालोमा नबेरिने अकार्थ सृजनाबाट
अगणित भावनामा अकलङ्क रचना गर्दा,
अकल नभएकाहरूले अज्ञानताका कारण अचाडु नदेखून् ।

अकबरे स्वादका उसका अकथा कथामा परिणत हुँदा,
अकल्पित अनि अपूर्ण नै भएपनि अजम्मरी होऊन् ।
अकलदारको मस्तिष्कले अक्सर अँठ्याइरहँदा
अखटोसँगै चढेका उसका अशेष उमङ्ग अरूलाई अक्षता बनून् ।।

अक्षरजीवी उसका अखण्डित भावना अगरु झैं बसाओस्,
अकल्पित सृजनाले अकारण कसैलाई अकट नपरोस् ।
अकिञ्चन उसको अकाशिदो छवि अक्षीण रही रहोस्,
अखबारी उसका अतुलनीय कथा अकथा नबनून् ।।