मेरो छोरो
सन्तुलित आहार पढ्छ पुस्तकमा

भान्सामा असन्तुलित आहारा खान्छ

मेरी छोरी
पढ्छे शारीरिक व्यायाम
तर
सुत्छे घाम तन्नेरी नभएसम्म

पढ्छन् संविधान, हेर्छन् सिरियल
पढ्छन् सामाजिक, बन्छन् असामाजिक
सरसफाइ पढेर एक दिन घर नबढार्ने
नम्र पाराले बोलाउँदा मुन्टो बटार्ने
पौष्टिकता भएका खानामा मुख बार्छन्
बुढा बालाई वैरी झैँ हकार्छन्

भन्दिनुस् न गुरुवर !
यिनैले तपाईँको मार्कसिटमा
कसरी अङ्क थुपार्छन् ?