एकाबिहानै उनले सुनाए, “मेरी श्रीमती भागिन् यार”
मैले भनेँ, हो र ? पुगेन क्यारे बुढीलाई प्यार ।
पुनः मर्जी भो , “तँ चाहिँ बिहे गर्न नगर् है हतार”
उनले थपे, ” बिहे गर्ने काम सबैभन्दा बेकार !”
उनी एकाबिहानै उठेछन्
बुढीको खोजीमा जुटेछन्
मलाई शङ्का लाग्यो, सायद
उनले बुढीलाई कुटेछन् !
उनका कुरा सुनेर
मेरो मस्तिष्कमा हाप्सिलो करायो
विवाहको मन्द इच्छा पुनः हरायो
श्रीमती स्याहार्न सजिलो छैन भाइ
मेरो मन भित्रैबाट साह्रै डरायो
त्यसपछि
मेरो बिहे गर्ने इच्छाले डेरा सर्यो
केही वर्ष कुमारै बस्ने निधो गर्यो
एकदुई अरु श्रीमती काण्ड देखेपछि त
झन् मनमा कस्तो छाप पर्यो, पर्यो ?
अनि
पछाडि जन्मेकाले पनि पछाडि पारे
बिहे गर् भन्नेहरूले पनि माया मारे
कस्ती चैं खोज्या होला सुनकै श्रीमती ?
कत्तिले सोचेकोभन्दा धेरै झाँको झारे
किनभने
श्रीमतीलाई सिन्दुर किनिदिने पनि आफ्नो आम्दानी थिएन
बेरोजगारको सङ्गठन घरमै खोल्न मनले पटक्कै दिएन
ठुला कल्चौडा भएको, दोस्रा बेते, सुधो
लाहुरी चाहियो मलाई भनेर
लमी भड्काउनेभन्दा राम्रो मसँग उपाय भएन !
अन्तत:
समयमै विचार गरे विपत्तिले छुन्न
त्यसो गरे पछुताई कोही पनि रुन्न
वाचा गर, कम्मर कस, लक्ष्यसम्म पुग्न
स्वावलम्बी नभई घरजम गर्नुहुन्न ।
सिन्धुली



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१५ असार २०८३, सोमबार 










