बा हुनुहुन्थ्यो

आमा हुनुभयो
बा-आमा हुनुहुन्थ्यो

हामी भयौँ
अहिले बा आमा हुनुहुन्न
हामी छौँ
हाम्रा सन्तान छन्
हामी
बा-आमा छाडेर
पेटको जोहो गर्न
शहर पस्यौँ
जीवन जिउने क्रममा
देश छाडे
हाम्रा सन्तानले
समयको खेल
आधुनिक हामी
तस्बिरमा दर्शाइरहेछौँ बाबुआमाप्रति स्नेह
र , अत्याधुनिक हाम्रा सन्तान
म्यासेन्जरमा व्यक्त गरिरहेछन् हामीप्रति शुभेच्छा ।