अन्ततः उनको दल पराजित भयो ।

त्यसपछि त के हुनु थियो ? सबैले अनुमान गरेझैँ भयो, उनी भन्न थाले ‘हामी माथि गम्भीर षडयन्त्र भयाे ।’

एक प्रतिष्ठित पत्रकार उनीसमक्ष गए र सोधे, ‘त्यसोभए अब के गर्नुहुन्छ, त कानुनी उपचार खोज्नुहुन्छ कि ?’

‘न्यायका नौ सिङ भन्छन्, थाहा छैन तपाईँलाई ? त्यता लागेर हुँदैन, कार्यकाल सकिएला फैसला आउँदैन, के त्यतिञ्जेल

विनोद नेपाल

हेरेर बसिरहने ? समय खेर फाल्ने ? त्यस्तो लाछी कुरा पनि हुन्छ ?’
‘कमजोर ठान्नुभाछ हामीलाई ? सम्झनुस् त हामीले यो देशमा के गरेनौँ ? हामीले चाह्यो भने जे पनि गर्न सक्छौँ बुझ्नुभो ?’ ‘हेरौँला हामी पनि हामीलाई वाइपास गरेर कसले के गर्न सक्दोरहेछ ’ उनी एकै सासमा बोले ।

‘त्यो ‘जे पनि’ भनेको के हो ?’ भनिदिनुस् त हजुर, ता कि सबैलाई प्रष्ट होस् ।

‘ए… त्यति पनि बुझ्नुभएन तपाईँले ? यत्ति नबुझ्ने पनि पत्रकार हुन्छ ? यही त दुर्भाग्य छ हाम्रो,सबैकुरा हामीले नै भनिदिनुपर्छ ।’

पत्रकार केही भन्न खोज्दै थिए, उनले भने, ‘त्यसै छाड्छन् भन्ठान्नुभा‘होला , त्यति कमजोर छैनौँ हामी पनि, केही गरेरै छाडछौँ बुझ्नुभो ? यिनका विरुद्ध हामी छाया सरकार गठन गर्छौँ ।’