अचेत के हो?
चेतलाई के थाहा !
चेत
नसा हो
दशा हो
नसाका पत्रहरू
जति उप्काए पनि
कहिल्यै सकिँदैनन्
सकिने आशामा युग बित्छन्
तर सकिनु त कहाँ हो
बरु पत्रहरू थपिँदै जान्छन्
नसाका पत्रसँगै दशा बढ्दै जान्छन्
चेतको तन्तु झिकेर
शायद कन्तुरमा राखिदिए
नसाको दशाबाट मुक्ति मिल्ला !
चेतलाई के थाहा !
अचेतको दुनियाँ
कति आनन्द छ
न समयको जन्जिर छ
न भूत भविष्यको अस्थिपञ्जर छ
न आकार छ
छ त केवल
शून्यता भित्रको निराकार ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
१ मंसिर २०८२, सोमबार 










