साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

राजेन्द्र कार्कीको गजल

Chovar Blues Mobile Size
राजेन्द्र कार्की

जिन्दगीले हारेपछि चिहान घर लाग्छ
जिउँदा भन्दा मरेकासँग भर लाग्छ ।

अभागीले आशीर्वाद पाएर के गर्नु ?
भाग्य हुनेलाई सराप पनि वर लाग्छ ।

जति नै सुन्दर र अग्लो महल बने पनि
ढुङ्गाको गिटी र माटाकै इँटा चर लाग्छ।

गाई दान गर्छन्, मोही नदिने सन्तान
बितेपछि पण्डितको मुखमा तर लाग्छ ।

बिछोडको धाउ बिसेक नभए पनि
आँसु पिउँदै पीडा बिर्सिन कर लाग्छ।

श्रद्धाञ्जलिको लहर चलेको छ अचेल
आफ्नै तस्बिर पोस्ट गर्न डर लाग्छ ।

प्रतिक्रिया
Loading...