`बा´ हरू अचेल
छोराछोरी जन्माउँदैनन्
भेडाभेडी जन्माउँछन्
भेडाहरू अधिकार खोज्दैनन्
`बा´ गल्ती गर्यौ भन्दैनन्
` बा´ बूढो भयौ भन्दैनन्
´घर हामी चलाउँछौं
व्यवहार छोड´ भन्दैनन्
विद्रोह गर्दैनन्
`किन बेचिस् ?´ भन्दैनन्
आफ्नै रौं खुर्कँदा
किन खुर्किस् भन्दैनन्
रोगी भयौ भन्दैनन्
ढोंगी भयौ भन्दैनन्
अंश खोज्दैनन्
वंश खोज्दैनन्
हिसाब किताब माग्दैनन्
छोराछोरीले जस्तो –
भेडाहरूले
अधिकार खोज्दैनन्
न्याय अन्याय खोज्दैनन्
हामीलाई तस्करका सन्तान नबनाऊ भन्दैनन्
हामीलाई भ्रष्टका सन्तान नबनाऊ भन्दैनन्
हामीलाई नबेच भन्दैनन्
`खानु मात्र जीवन होइन,´ भन्दैनन्
असहमतिको बीचमा
भद्र सहमति छ `बा´हरूबीच
विरोधाभासहरू बीचमा
साझा प्रतिबद्धता छ `बा´हरूबीच
`बा´हरू अचेल
छोराछोरी जन्माउँदैनन्
भेडाभेडी जन्माउँछन् ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला