 
			
			
			
			
			
			तिमी फूल हौ — फूलमति
मनको बगैँचाभरि फुली रहने
तिमी फक्रिँदा सुवासित भइरहने
यौवनपुष्पित मिठास दिइरहने।
तिमी फूल मात्रै पनि होइनौ
तिमी मेरो सारथी पनि हौ
दुःखले मन थिच्दा
र खुसीले छाती भरिदिँदा,
तिम्रो आलिङ्गनमा हराउने।
राती निद्रामा हराउँदा
र बिहान घामसँगै मुस्कान फर्काउँदा
मनको कुनामा बोलाउने
तिमी फूलमति नभए को हौ?
मौसमझैँ बदलिने दुनियाँमा
स्थिर भएर मभित्र हराउने
स्निग्ध प्रेम बर्साइरहने
सामीप्यतामा हराउने “अनुराग” हौ।



					साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद 
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
					 
					
				यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
 
					Scan गर्नुहोला
				 
				 १३ कार्तिक २०८२, बिहीबार
  
				१३ कार्तिक २०८२, बिहीबार				

 




 
																	 
																	 
																	 
																	



