मेरो देशको एक बौद्धिक व्यक्ति
तपाईंको राष्ट्रवाद सामुन्ने
यौटा युवाको प्रश्न
‘प्रश्न’ नहुन पनि सक्छ !
मेरो देशको राजनीतिकर्मीहरू
तपाईँले तपाईँको नेताको
जयगान गाउँदै गर्दा,
तपाईँकै नेताका कारण लाखौँ युवाहरू
विदेश पलायन भएका हून् भन्ने कुरा तपाईँलाई
झूटो लाग्न सक्छ!
मेरो देशको पत्रकारहरू
तपाईँले कलम चलाउँदै गर्दा,
प्रवासमा रगतसँग पैसा साटेर
देशका लागि पठाएका रेमिट्यान्स
लेख्न मसी सुक्न पनि सक्छ
मेरो देशको बा’आमाहरू
विदेशमा हुने तपाईँको
छोराछोरीले आँगन र मझेरीमा
कोसेली अवश्य पठाउने छन्
यदि, कोसेलीसँगै आफैँ नआए
कोसेली बनेर आउन सक्छन्
तपाईंको छोरा अरबमै अस्ताउन सक्छ
नातिनातिनाको पिता नहुन पनि सक्छन्
मेरो देशका मतदाताहरू
बाल बचेराको आहारा खोज्न
हवाईजहाजमा उडेका
‘म’ जस्तै ७० लाख “म”हरूलाई
देशभित्रै तपाईँ जस्तै गरी
परिवारको साथमा बस्न/रम्न मन छ,
त्यो तपाईंहरूबाट नहुन पनि सक्छ
तर
तपाईंहरूबाट बाँकी सबै हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।