ऊ धनी बन्न
राजनीति गर्‍यो
ठग्न सिक्यो
नेता बन्यो
र,
कमायो पैसा


कयौँ किताब र
कक्षाकोठाले
नखोलिदिएको
बञ्जर मस्तिष्कको ढोका
खोल्न खाडी पसेँ

वर्षौंदेखि
जोतेँ
खाडीका जङ्गलहरूमा
हलो

फलाएँ
अक्षरहरू !