हे कर्मशील युवा !

चिन तिमी आफूलाई र

अन्तरात्माको बोध गर

बुझ स्वयम् लाई पहिला

कता भुलिरहेछौ ~

 

हिजोको गल्ती वा त्रुटिमा

कि भोलिका

सम्भावनाहरूमा ?

भविष्य छ तिम्रो ~

आजको कर्ममा

के छैन र यो सृष्टिमा

तिमीले आर्जन गर्न नसक्ने ?

 

हे कर्मशील युवा !

सबै सृजित र आर्जित छ ~

तिम्रै कर्ममा

 

समय छैन अब

देश विदेशका झमेलामा

सृष्टि रचयिताले रचे ~

पृथ्वी नै एक हो भनेर

 

हे धर्तीपुत्र कर्मशील युवा !

जरुरत छ अब ~

नवीन सोचको,

आधारशिला तयार गरी

अघि बढ ~

हे कर्मशील युवा !