नवराज भट्ट गुरु

न मेरो कुनै आफ्नो  परिचय छ
न  कुनै  कर्म  छ मेरो
आफ्नो भन्ने बुढा बा बाहेक कोही छैन्
खाइ फालेको क्याटबरीको आवरण जस्तै
सफाइ वालाले वढारी
फालिन्छु कुनै डम्पिङ साइडमा
स्वच्छ,सफाइको नाममा
 सुन्दरताको नाममा
मूल्य हिनको  नाममा
फलतः
 सापेक्ष मूल्य कमाउन नसकेको मूल्यशून्यता भएको म
सहज शूलभताले मूल्य गुमाएको म
लेख्दै नलेखि फ्याकिएको
 रफ कपीको पना
मूल्य नभइ फ्याकिएको
खाली सिसि पुराना कागज
हरे प्रभु शंकर
सस्तोमा सित्तैमा बेचिन्छु
किन्तु
न कतै देखिन्छु
न कसैको हिसाबमा लेखिन्छु
फलतः
सापेक्ष मूल्य कमाउन नसकेको मूल्यशून्यता भएको म
सहज शूलभताले मूल्य गुमाएको म
नाम मात्रका गुरुले जागिर खान
 बनाएका  नाम मात्रका भर्याङ्गहरु
 इज्जतको श्वास फेर्न  जुनेली रातलाई
कालो औँशी  बादलुले घेरेको बनाएको रात
ज्ञान र सिप विना खाली
तलब पचाउन पढाइको सिकारु म
 शिक्षकका देखाउटी  नाम मात्र
 सिप र ज्ञान नाप्ने
आवश्यकता , प्रकृति अनुसारको
पानी नपाइ रिठिएको  फल म
समयमा नै ज्ञान नपाइ  मूल्य गुमाएको म
फलतः
सापेक्ष मूल्य कमाउन नसकेको मूल्यशून्यता भएको म
सहज शूलभताले मूल्य गुमाएको म
ज्ञानको भोक मेटाउन
ज्ञानको खोजमा हिड्छु
गोजीमा पूरानो फाउन्टेन कलम
हातमा पूरानो डायरी बोक्छु
जति प्रयत्न गरे पनि
जग नै कमजोर भएँ
घर बलियो न हुने रहेछ।
एक दिन भ्रम इच्छामा जिन्दगी
इज्जत भ्रमकै खोजिमा
हातमा नलाग्दै मूल्य शून्यतामा
जाने छ  मेरो जिन्दगी
फलतः
सापेक्ष मूल्य कमाउन नसकेको मूल्यशुन्यता भएको म

सहज शूलभताले मूल्य गुमाएको म

भक्तपुर, नेपाल