मनसित मनहरू बाँधिन नसकेपछि
आँखामा आँखाहरू फुल्न नसकेपछि
एक हुल उन्मादी धृष्टराष्टहरू
आजभोलि डुत्रिरहेछन ।
र त आफ्नै आँगनको डढेलो पनि देख्दैनन्
र त बाटो बिराएर यात्रा मोडिरहेछन् अन्यत्र
निरो जस्तै आफ्नै बाँसुरी बजाउँदै निर्लज्ज !
बिना मौसमको बाजा
बेसुरे बाजा
अनगिन्ति प्राण-पिपासु बाजा ।
यतिबेला
देख्दैनन् यिनीहरू
देख्न चाहँदैनन्

अरुणा वैद्य
आशाको पिलपिल बोक्दै
दर्दनाक भूमिमा
पीडासित युद्ध गरिरहेका योद्धाहरू
करोडौं सपनाहरूका माया सँगालेर
छटपटाइरहेका कर्मठ उमेरहरू
चिताको धुँवाहरूसितै विलिन भएका
टुहुरा भविष्यहरू
स्वर्णिम सहाराहरू ।
र यो पनि देख्दैनन्
खतराको महायज्ञमा
अहोरात्र होमिरहेका देवदूतहरूलाई
सेता परीहरूका निश्चल सेवा र समर्पणलाई !
कनसुत्लोले खाएछन्
कान पनि शायद,
यसैले
न सुन्छन् उनीहरू
बाटो छेउमा बजेको सारङ्गीको -र्याईयाई,
न मृत्युशैय्यामा गुन्जेको आर्तनाद,
सन्त्रासमय विपना भोगेर
आहालमय भएका छन् जीवनहरू
र बिलापका तरङ्ग-तरङ्ग झङ्कार बजिरहेछ
– अलार्म
र त्यो पनि सुन्दैनन् ।
मानवभेषी यी दानवहरू ।
चलायमान यी पत्थरहरू ।
अरू के उपनामले बोलाउँ यिनलाई ?
बिजेश्वरी, काठमाडौँ



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

