 
			
			
			
			
			
			बाबा !
तिम्रा पनि सपना होलान्,
ती सबै मारेर
परिवारको इच्छा
पूरा गर्न सधैँ हतार गर्छौ ।
खै कसरी सक्छौ ?
चिन्ता दुःख सबै लुकाउन ।
जब घरको द्वारभित्र पस्छौ
एक गिलास पानी
पिउँदैमा खुशी देखिन्छौ ।
दिनभरिको थकाइ
बिर्सिन्छौ ।
बाबा !
कुनै दिन त आउला
मैले तिम्रो दुःख
बोकेर हिँड्ने
मेरो मिहिनेतले
तिम्रा सपना पूरा गर्ने !
लाग्दैन डर केहीको
जब तिम्रो हात शिरमा
आशीर्वाद बनेर बस्छ ।
ममा मिहिनेत गर्ने
हिम्मत बढेर आउँछ ।
शिरमाथि तिम्रो
आशीर्वादको हात
बसेपछि ।
पसिना बगाएर
एउटै भए पनि
तिम्रो सपना
पूरा गरेको दिन
मेरो हृदयमा
खुशी फुल्ने छ ।
पीर नलिनू बाबा !
आफ्नै कमाइले
तिमीलाई दुई छाक
ख्वाउन सकेको दिन
म तिम्री छोरी भएकोमा
धेरै-धेरै खुशी हुने छु ।
कक्षाः ७
नाइटिङ्गल इङ्लिस सेकेण्डरी स्कुल, कुपण्डोल ।



					साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद 
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
					 
					
				यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
 
					Scan गर्नुहोला
				 
				 १४ कार्तिक २०८२, शुक्रबार
  
				१४ कार्तिक २०८२, शुक्रबार				

 




 
																	 
																	 
																	 
																	 
																	




