क्यानभासमा
सानो पहेँलो फूल
हाँसिरहेछ !
प्रसन्न चित्रकार
सन्तुष्ट भावमुद्रामा
चित्र प्रदर्शनी गरिरहेछ
(सायद वाह ! वाह ! पाउने आशमा )
जताततै छ
थाकेका र दुःखेका
मान्छेका आँसु
किन यस्तो बनाएको ?
सोध्छु म उसलाई
उसको पनि त अस्तित्व छ
याद हामीले नगरेको पो त …….
सङ्क्षिप्त जवाफ उसको
पाएर जवाफमा
विभाजित सत्यको एकता
चुपचाप चुपचाप
खोज्छु म चित्रमा
युग सञ्चेतनाको
जीवन सजीवता ।
हुर्केर झुक्छ
आकाश छुन्छु भन्ने
बाँसको तामा !
छायाँ
भ्रमको शिखरमा
साँझको सूर्य !
वृष्टिछायामा
अनन्त चित्तवृत्ति
मैलो वसन्त !
रोगी रथमा
कोरोना राजनीति
चुहिने छाता !
अमूर्त चित्र
उघ्रिएको क्षितिज
रङ्ग रहस्य
युग सञ्चेतनाको
जीवन सजीवता !
महाङ्काल गाउँपालिका वडा नं ४, कालेश्वर ललितपुर
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला