१
अभर परो
साथीलाई सापट
मित्रता बन्द
२
त्यो बेला थिए
राक्षस र देउता
अहिले पनि
३
उद्घाटन भो
आयोजनाको ताँती
लङ्गडो साथी
४
मीठा भाषण
झुपडीका चित्कार
गोहीको आँशू
५
रोबोट हो र ?
तोकेको बोल्ने, लेख्ने
निर्वन्ध मन
६
भाषा न शैली
पुङ् न पुच्छरको
राष्ट्रिय कवि
७
क्षिजित पारि
स्वर्गको दरबार
आशाको दीप
८
पैसा र शक्ति
जता काफल पाक्यो
उतै लरी लै
९
ढुङ्गा ढोगेर
विज्ञान पढाउँछन्
हाम्रा गुरुबा
१०
राष्ट्रको धन
चण्डालको चतुर
फुपूको श्राद्ध



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२८ जेष्ठ २०८३, बिहीबार 










