शहरमा सत्ताको दौड,दलहरु जुधेका छन्
गाउँ हेरौं बंजर, बाँदर दुम्सी कुदेका छन्

उद्योग धन्दा बन्द, दूबो सिस्नो उम्रेका छन्
युवा पुस्ता निराशा, त्यसै त्यसै उगेका छन्

शहरमा सत्ताको दौड, दलहरू जुधेका छन्
गाउँ हेरौं बंजर, बाँदर दुम्सी कुदेका छन्

बसाई सराई तीव्र भो, बेहाल भो देशको
सत्ता भन्छ विकास भो, छैन कतै अभाव त्यो

शहरमा सत्ताको दौड, दलहरू जुधेका छन्
गाउँ हेरौ बंजर, बाँदर दुम्सी कुदेका छन्

गौरचरणमा ताँती युवा, बेच्न विदेश श्रम
गाउँ शहर भइसक्यो नि, अब वृद्धाश्रम

शहरमा सत्ताको दौड, दलहरू जुधेका छन्
गाउँ हेरौँ बंजर, बाँदर दुम्सी कुदेका छन्

शहरमा सत्ताको दौड, दलहरू जुधेका छन्
गाउँ हेरौं बंजर, बांदर दुम्सी कुदेका छन् ।