कहाँ हिड्छ, कहाँ पुगी रोकिन्छ मान्छे ?
आवश्यकतामा कहाँनेर देखिन्छ मान्छे ?
सधैँ साथ-साथ छायाँ हिँडे पनि आखिर,
नदेखिने ऐनामा नै किन अडिन्छ मान्छे ?
शिरले आकाश छुँदा पाउ जमिनमै होस्
नत्र उम्लिएको दूधझैँ तल झरिन्छ मान्छे
सयौँलाई बन्धक बनाउँछ आफू मालिक
लाखौंको भिडमा कसरी जोगिन्छ मान्छे?
नभन्नुस् मान्छे, मान्छे आखिर को हो भनी
हजारौँ इतिहासमा, पन्नाझैँ गुम्सिन्छ मान्छे ।
भक्तपुर
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला