लज्जाले निहुरेको शिर तिमी, बेहुलीजस्तो
शितलमासको मात लाग्ने, गोधुँलीजस्तो
उषाकी किरणझैँ बहने, रेशमी केशहरूको
नमेटिने प्रश्नको जवाफ, खुलदुलीजस्तो
गुँथेर गुलाब, ती चुल्ठोमा सजाउँझैं लाग्छ
नजरले नजर झट्का दिने, बिजुलीजस्तो
प्यासी मनका अनगिन्ती इच्छाहरूका खात
इच्छापत्रको मनमा अग्लो, हिउँचुलीजस्तो
नमातेरै नशाहरू तन्तु-तन्तुमै चढेको बोलीको
दिनकी कोइलीजस्ती रातको, न्याउलीजस्तो ।
भक्तपुर



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२१ जेष्ठ २०८३, बिहीबार 










