भन्नुस् त सम्बन्धको प्रकार कस्तो हुन्छ
जीत पछिको नमिठो हार कस्तो हुन्छ
के कुराले टुट्छन् यहाँ नाताहरूको डोरी
दु:ख पर्दा हात छोड्ने यार कस्तो हुन्छ
त्यै जमिनबाट आफू उम्रिएको बिर्सने हो
टुप्पोमै फल्ने फलको आधार कस्तो हुन्छ
बिकाउन सके के मात्र नबिक्ला र यहाँ
तपाईं नसिकाउनुस् व्यापार कस्तो हुन्छ
बर्खे झरी र हिउँदको चिसो सहेको छु
नसोध्नुस् न गरिबीको मार कस्तो हुन्छ ।
भक्तपुर
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला