भुलचुक लिने दिने सर्त राखेर
मैले थोरै खुसी किनेँ सर्त राखेर
सुख दुख बराबरी बाडौंला भन्थ्यो
आज बल्ल मान्छे चिनेँ सर्त राखेर
तस्बिर त लैजाउली याद कसोरी लान्छौ ?
फाइदामै कुरो छिनेँ सर्त राखेर
दिन्छस् भने सरकार काम दे मलाई
बदलामा दीक्षान्त लिने सर्त राखेर
छिट्टै फर्की आउँला आमा खुसी लिएर
मुटु घरमै छोडी हिँडें सर्त राखेर ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला