नजरको हमला लगातार भएको छ

मुस्कानले फेरि उपचार भएको छ

 

घरी खुल्छ पर्दा घरी बन्द हुन्छ उफ्:

मलाई त त्यही झ्यालसँग प्यार भएको छ

 

यति साह्रै राम्री भै नहिँडे ओ रूपसी

कैयौँको बाटो ढुक्ने रोजगार भएको छ

 

अचम्म छ भमरा लट्ठिन्छ फूल नजिक

बस यही सिलसिला बारम्बार भएको छ

 

नजरको बाटो गरी मुटुमै बसेपछि

किन यो भिजलान्ते व्यवहार भएको छ ?

 

घरबेटीले मलाई डेरा छोड भने हिजो

तिम्रो बाउलाई खुसीको समाचार भएको छ

 

न भोक न निद्रा,शोक छ न सुर्ता छ

जस्तो छु म त्यस्तै सरकार भएको छ ।