स्वदेशमै गर्दैछौँ प्रगति हामी पनि
कामै आएको छैन राहदानी पनि
 
मर्दा सँगै जाने होइन बदनामी पनि
धन कमाउन नबन यति हरामी पनि
 
सास हुँदा साथ नभएका साथीहरू
लाश हुँदा चाहिँदैनन् मलामी पनि
 
कैलेकाहीँ मेरा तस्विरहरू पनि हेर्नू
सधैँ रोएर बसेका हुँदैनौँ हामी पनि
 
किसानको आँप बिक्दैन आँसु बिक्छ
घट्दाे छन् मेराे खुसीका असामी पनि
 
भोजमा छिँडीमा कोही पिंढीमा थिए
रोगमा सँगै छन् बाहुन पनि कामी पनि
 
तिम्रो एक स्पर्शले चङ्गा भएको छु
तिम्रै यादले भएको हुँ बिरामी पनि ।