प्रभु बैंकका कर्मचारीहरूलाई लक्षित गर्दै हरिसिद्धि, ललितपुरमा अवस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरसँग विभिन्न सेवा सुविधामा विशेष छुट दिने सम्झौता भएको छ ।

एक समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैँकका तर्फबाट बाग्मती प्रदेश–३ का प्रमुख राजु के.सी.र शाखा प्रबन्धक अमित बज्राचार्यद्वारा हस्ताक्षर गरियो ।

सम्झौता अनुसार प्रभु बैंक लि.का कर्मचारीहरूले कर्मचारी मान्य परिचयपत्रका आधारमा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको विभिन्न सेवा सुविधाहरूमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
उक्त समारोहमा विशेष गरी महिला कर्मचारीहरूलाई लक्षित गरी स्तन र पाठेघरसम्बन्धी क्यान्सरबारे जानकारी गराइएको थियो । स्तनसम्बन्धी क्यान्सरका डा. प्रफुल्ल शाक्य र पाठेघर सम्बन्धी क्यान्सरकी डा.अनु बज्राचार्यले चेतनामूलक सन्देश प्रस्तुत गर्नुभएको थियो भने सो समारोहमा उल्लेखनीय महिला कर्मचारीको सहभागिता समेत रहेको थियो ।