का कर्मचारी तथा ग्राहकवर्गहरूलाई लाजिम्पाट, काठमाडौँस्थित –याडिसन होटल, काठमाडौँसँग होटलका विभिन्न सेवाहरूमा विशेष छुट दिने सम्झौता भएको छ । –याडिसन होटल, काठमाडौँ एक अन्तर्राष्ट्रिय होटल चेनअन्तर्गत विगत दुई दशकभन्दा बढी समयदेखि नेपालको पर्यटकीय तथा अतिथि सत्कार सेवालाई निरन्तर रुपमा टेवा दिइरहेको एक अग्रणी पाँचतारे होटल हो । एक समारोहका बीच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर रवीन्द्र ढकाल र मार्केटिङ म्यानेजर सविन राणा तथा –याडिसन होटल, काठमाडौँका तर्फबाट निर्देशक केदार पाण्डे र लेखा नियन्त्रक लोकराज ढुङ्गाना द्धारा हस्ताक्षर गरियो ।
सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकवर्गहरूले बैंकसँगको आबद्धता प्रमाणका आधारमा होटलमा उपलब्ध विभिन्न सेवा तथा सुविधाहरूमध्ये खाना, पेस्ट्री सप, ट्रानक्युलिटी स्पाका साथै –याडिसन होटल काठमाडौँले सञ्चालन गरेको विभिन्न रेस्टुरेन्टहरूबाट १०५ देखि २०५ सम्म भुक्तानी छुट पाउनेछन् ।
ग्राहकहरूको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३१३ शाखा कार्यालयहरू, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकहरूलाई अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय बैंकिङ एवं वित्तीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै, प्रभु बैंक, छोटो समयको अन्तरालमा नै फिनाकल इन्फोसिस इनोभेसन गोल्ड–२०२४ अवार्डबाट समेत सम्मानित भएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।