सोल्टीमोड,काठमाडौँस्थित द सोल्टी होटेल ग्रुप र प्रभु बैँक लिमिटेड बीच विशेष छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

जेठ १३ गतेका दिन प्रभु बैँकका तर्फबाट प्रमुख बजार अधिकृत रवीन्द्र ढकाल एवम् प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ तथा सोल्टी होटेल ग्रुपका तर्फबाट म्यानेजर सुदन अधिकारीले समझौतापत्रमा हस्ताक्षर गरी एकअर्कालाई सम्झौता पत्र हस्तान्तरण गरियो ।

द सोल्टी होटेल ग्रुप अन्तर्गत द सोल्टी होटेल एण्ड रिसोर्ट, सोल्टी वोष्टेण्ड प्रिमियर नेपालगञ्ज, सोल्टी वोष्टेण्ड इटहरी, सोल्टी वोष्टेण्ड रिसोर्ट चितवन, सोल्टी वोष्टेण्ड रिसोर्ट नगरकोट, मिथिला यात्री निवास जनकपुरसँग प्रभु बैँक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूले सेवा तथा सुविधा लिएबापत विशेष छुट पाउने छन् ।

सम्झौताअनुसार प्रभु बैँक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूले होटेल तथा रिसोर्टको सेवा तथा सुविधा प्राप्त गर्नको निमित्त बैँकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैँकका अन्य कुनै विद्युतीय प्रणालीद्वारा बिल भुक्तानी गर्नुपर्ने छ । द सोल्टी होटेल ग्रुपको उल्लेखित होटेल तथा रिसोर्टमार्फत उपलब्ध आवासतर्फ विशेष संस्थागत छुट साथै खाना तथा पेय पदार्थमा १५% छुट प्राप्त गर्न सक्नेछन् ।
विगत ५ दशक भन्दा बढी देशको पर्यटन क्षेत्रमा द सोल्टी होटेल समूहले योगदान गर्दैआएको छ भने त्यसैगरी, ग्राहकहरूको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंक लि.को नेपालभर ३०२ शाखा कार्यलयहरू, २८५ एटिएम साथै ७० भन्दा बढी एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकहरूलाई “बिश्वास लिन्छौं बिश्वास दिन्छौं” मूल नाराका साथमा बैंकिङ्ग एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।