जनकपुर, साउन ३१ / प्रभु बैंक लिमिटेड र जनकपुरस्थित होटल सीताशरण प्रा .लि. बLच विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

बैंकका तर्फबाट जनकपुर शाखा कार्यालय प्रमुख अशोककुमार साह र होटल सLताशरण प्रा .लि. का तर्फबाट महाप्रबन्धक कमल सिंह साउदद्वारा उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।

प्रभु बैंक र उक्त होटलबीच सम्पन्न सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहकले होटल सीताशरण प्रा .लि. द्वारा सञ्चालित फुड र वेभरेज सेवामा १० प्रतिशत र लजिङ सेवामा १५ प्रतिशत छुट प्राप्त हुने भएको छ ।

उक्त सम्झौताअन्तर्गत होटल सीताशरणमा सुविधा लिन चाहनुहुने प्रभु बैंकका ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, होटल सिताशरण का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक लाभान्वित हुनुहुने बैंकले विश्वास लिएको जारी विज्ञप्तिमा जनाइएको छ ।