नेपालको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुपअन्तर्गत सिजी ब्राण्डले बढ्दो गर्मी यामलाई मध्यनजर गर्दे पहिलो पटक बिएलडिसी सिलिङ फ्यानका साथै अन्य धेरै फ्यानहरू बजारमा ल्याएको छ ।

‘स्टे कुल, सेभ इनर्जी सुइच टु बिएलडिसी फ्यान टुडे’ भन्ने नाराका साथ बजारमा आएको यो सिलिङ फ्यान प्रयोग गर्दा परम्परागत फ्यानभन्दा कम्तीमा पनि ४३ प्रतिशत विद्युत वचत गर्छ भने पर्फमेन्समा कमी नआउने गरी कम आवाजमा सञ्चालन हुने उक्त प्रविधि यस फ्यानमा रहेको कम्पनीले दाबी गरेको छ ।

उक्त सिलिङ फ्यान नेपालका लागि पहिलो ओइएम ब्राण्ड जसमा बिएलडिसी टेक्नेलोजी रहेको छ, साथै रोबस्ट र रिलायबल बिएलडिसी मोटर भएको हुनाले बजारमा आउने अन्य फ्यानको तुलनामा धेरै टिकाउ पनि रहेको छ ।

नेपालका तराईजस्तो ठाउँमा बिजुलीको भोल्ट कहिले कम र कहिले बढी आउने गर्दछ । यस्तो अवस्थामा फ्यान पनि सोहीअनुसार धुम्ने गर्दछ । यही अवस्थालाई मध्यनजर गरी यो सिलिङ फ्यान ल्याइएको हो । यो फ्यान ११० देखि २८० बिचको कुनै पनि भोल्टमा पनि तीव्र गतिमै घुम्ने उच्च प्रविधिको फ्यान रहेको छ ।

रिमोटको सुविधायुक्त यो सिलिङ फ्यानमा कम्पनीले मोटर र पिसिबिएमा २ वर्षको वारेन्टी दिएको छ । यो फ्यान आकर्षक ४ वटा कलरमा बजारमा उपलब्ध रहेको छ ।

नेपालमा चौधरी ग्रुपले सिजी ब्राण्डका उत्पादनहरू आफ्नो च्यानल र डिलर आउटलेटहरूमार्फत वितरण गर्दै आइरहेको छ । त्यस्तै सि.जी.ले विभिन्न डिजाइन र मोडलमा अरु पनि थुप्रै नयाँ सिलिङ, स्ट्याड, टेबल, वाल र एग्जस्ट फ्यानहरू ल्याएको छ ।

सिलिङ फ्यानमा डेकोरेटिभ सिरिज छन्, जुन अति नै आकर्षक डिजाइन र रङहरूमा उपलब्ध छन् । त्यस्तै अर्को हाइस्पिड सिरिज छन्, जसको स्पिडको कारण धेरैभन्दा धेरै हावा प्रवाह गर्दछ ।

यस्तै स्ट्याड, टेबल, वाल र एग्जस्ट फ्यानहरुमा पनि यस्तै सिरिजहरू उपलब्ध छन् ।