नेपालको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुपअन्तर्गत सिजी ब्राण्डले बढ्दो गर्मी यामलाई मध्यनजर गर्दे बिएलडिसि सिलिङ फ्यान पहिलो पटक बजारमा ल्याएको छ ।
‘स्टे कुल, सेभ इनर्जी सुइच टु बिएलडिसि फ्यान टुडे’ भन्ने नाराको साथ बजारमा आएको यो सिलिङ फ्यान प्रयोग गर्दा परम्परागत फ्यान भन्दा कम्तीमा पनि ४३ प्रतिशत बिद्युत बचत गर्छ भने पर्फमेन्समा कमी नआउने गरी कम आवाजमा सञ्चालन हुने उक्त प्रवृद्धि यस फ्यानमा रहेको कम्पनीले दावी गरेको छ ।
उक्त सिलिङ फ्यान नेपालका लागि पहिलो ओइएम ब्राण्ड जसमा बिएलडिसि टेक्नेलोजी रहेको छ, साथै रोबस्ट र रिलायबल बिएलडिसि मोटर भएको हुनाले बजारमा आउने अरु फ्यानको तुलनामा धेरै टिकाउ पनि रहेको छ ।
नेपालका तराई जस्तो ठाउँमा बिजुलीको भोल्ट कहिले कम र कहिले बढी आउने अवस्थामा फ्यान पनि सोहीअनुसार धुम्ने गर्दछ । यही अवस्थालाई मध्यनजर गरी यो सिलिङ फ्यान ल्याइएको हो । यो फ्यान ११० देखि २८० बिचको कुनै पनि भोल्टमा पनि तीव्र गतिमै घुम्ने उच्च प्रविधिको फ्यान रहेको छ ।
रिमोटको सुबिधायुक्त यो सिलिङ फ्यानमा कम्पनीले मोटर र पिसिबिएमा २ वर्षको वारेन्टी दिएको छ । यो फ्यान आकर्षक ४ वटा रङमा बजारमा उपलब्ध रहेको छ । नेपालमा चौधरी ग्रुपले सिजी ब्राण्डका उत्पादनहरु आफ्नो च्यानल र डिलर आउटलेटहरु मार्फत वितरण गदै आइरहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।