एउटा कुर्सी पल्टियो । म एकछिन उभिएर हेरेँ । कुर्सी छटपटाउँदै थियो ।उल्टै मसँग रिसाउँदै भन्यो,”के भयो ?के हेरेको तमसा?”म ऊसँग बहस गर्न चाहिनँ । छेउमै बसिरहेँ ।
— केही छिनपछि कुर्सी उठ्ने प्रयास गऱ्यो ।
— कुर्सीको खुट्टा उठ्न नपाउँदै अर्को कुर्सी आएर ठोकियो ।
— दुइटा कुर्सी आपसमा लड्दै थिए ।
—तेस्रो कुर्सी चुपचाप हेर्दै थियो ।
म एकछिन अलमल परेँ । यसरी कुर्सीहरू लड्दा पनि तेस्रो कुर्सी किन छुट्याउन जाँदैन । तेस्रो कुर्सी मतिर हेरेर हाँसि मात्र रह्यो । लडेका कुर्सीहरू आपसमा खुट्टा भाँचाभाँच गरे । फेरि पनि तेस्रो कुर्सी हाँसिरह्यो । दुई कुर्सी चक्नाचुर भए ।
तेस्रो कुर्सी बीचमा गएर बस्यो । दुवै कुर्सी च्यापिए ।
बल्ल मेरो मस्तिष्कमा करेन्ट लाग्यो , “यो त सत्ताको खेल पो रहेछ ।”
तानसेन पाल्पा
हाल-युएई
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला