कृषि प्राविधिक अफिसरको स्थायी जागीर छाडेर कोरियन भाषाका लागि रातदिन एक गरेर पढेको फर्सुरामको भिसा आयो । खुशी खुशी परदेशिएको फर्सुरामले कोरियामा रहेर कृषि सम्बन्धी नै थुप्रै काम गर्यो । मिहिनेती हुनाले त्यहाँको प्रविधिसँग छिट्टै अभ्यस्त भयो । आम्दानी समेत राम्रो थियो ।
एक साँझ थकाइका साथ कामबाट फर्किएर मोबाइलको स्क्रीन तलमाथि गर्दैगर्दा फर्सुरामाले एउटा खबर सुन्न पायो, “थुप्रै युवा विदेशिएकै कारण, गाउँघर शून्य साथै जग्गा बाझै रहेको छ ।”
गहिरिएर सोच्यो – “यहाँ सिकेको ज्ञान सिप नेपालमै प्रयोग गर्न सकियो भने देशले मुहार फेर्ने थियो होला ।”
अर्को दिन सबेरै कम्पनीमा गई राजीनामा दियो । कोठामा फर्केसँगै घरमा फोन लगायो, “बा-आमा म नेपाल आउँदै छु, सधैंका लागि, म घर आउँदै छु…!”



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
