“हिजो गाडेको किला खोइ ?” उसले सोध्यो ।
“निकालेर अर्को ठाउँमा गाडेको छ ।” खन्दै गरेका मजदूरहरूले भने ।
स्थानीय निकायमा काम गर्ने प्राविधिक थियो ऊ । आफ्नो ज्ञानको उपयोग गरेर देशको विकास गर्नु पर्दछ भन्ने मान्यता राख्दथ्यो । इमानदारीपूर्वक काम गर्छु भन्ने अठोट लिएको थियो । आफूले तयार पारेको ईस्ट्रुमेन्ट अनुसार काम भए नभएको निरन्तर निरीक्षण गरिरहन्थ्यो । झम्सीखेतको फाँट वर्षौंदेखि भलछोपुवाको भरमा चलेको थियो अहिले निरुवाखोलाको पानी सिँचाइ योजना परेर सबै खुशी भएका थिए ।
“किन जान्ने भएर किला निकालेको ? ल हेर खन्नुपर्ने ठाउँमा नखनेर कता खनेको होला । इन्जिनियरले भनेको नमानेर जथाभाबी गर्नु भएन, काम बिग्रन्छ ।” उसले मजदूरहरूलाई भन्यो ।
बिचरा कामगर्ने मजदूरहरू डराए जस्ता देखिए । अन्य काम गर्ने ठाउँमा आक्कलझुक्कल देखिन्थे अरू इन्जिनियर तर त्यहाँ दिनदिनै आएर हेर्न थालेका थिए उनले ।
“हामीले आफैँ जान्ने भएर किला निकालेका होइनौं ।” एक जनाले साहस निकालेर भन्यो ।
“म त आएको छैन, कसले काम निकाल्यो त ?” उसको बोलीमा हल्का आक्रोश पनि मिसियो ।
“अघि नेताजी आउनु भएको थियो ।” मजदुरले स्थानीय नेता आएको खबर सुनायो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
४ माघ २०८२, आईतवार 









